काठमाडौं – भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा नेपालले फ्रान्ससँगको व्यापार ४ अर्ब बढीको घाटा बेहोरेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि पुस महिनासम्मको अवधिमा नेपालले ४ अर्ब ९१ करोड २७ लाख रकम बराबरको व्यापार घाटा बेहोरेको हो ।
यस अवधिमा नेपालमा फ्रान्सबाट ६ अर्ब १ करोड ५५ लाख रुपैयाँको वस्तु आयात भएको छ । यस्तै, नेपालबाट जम्मा १ अर्ब १० करोड रुपैयाँ बराबरको निर्यात मात्रै भएको छ । यसअनुसार ६ महिनाको अवधिमा ५ अर्ब रुपैयाँभन्दा धेरैको व्यापार घाटा भएको हो ।
यस अविधमा फ्रान्सबाट नेपालमा ७९ लाख रुपैयाँभन्दा बढीको चकलेट आयात गरेकाे छ । यसबाहेक, ६६ लाख रुपैयाँको कपडा आयात भएको छ । यस्तै, ५ करोड रुपैयाँभन्दा बढीको मदिरा आयात भएको तथ्याङ्क छ । यस्तै, एक्ट्रा नेचुरल अल्कोहल आयातमा २७ करोड ७० लाख रुपैयाँभन्दा बढीको रकम बाहिरिएको छ ।
२८ लाखको ह्विस्की आयात हुँदा ५९ लाखको भोड्का आयात भएको देखिएको छ । यसबाहेक थप ५२ लाख रुपैयाँभन्दा बढीको पेय पदार्थ समेत आयात भएको देखिएको छ। यसैगरी ६२ लाख रुपैयाँको जनावरको खाना आयात भएको विभागले सार्वजनिक गरेको तथ्यांकमा देखिएको छ ।



About Us
प्रतिक्रिया