काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ३६.२५ अंकले घटेर बजार २६ सय १८ दशमलव ३ को बिन्दुमा बन्द भएको छ। त्यस्तै, कारोबार रकम समेत घटेर ६ अर्ब ३५ करोड रुपैयाँको शेयर कारोबार भएको छ। त्यसैगरी २ करोड १६ लाख कित्ता बराबरको शेयर किनबेच भएको छ।
आज २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २५३ कम्पनीको शेयर मूल्य घटेको छ त्यस्तै, २ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा बढी शिवम् सिमेन्टको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३८ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको २१ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी धौलागिरी लघुवित्तका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, सिवाईसी लघुवित्तका लगानीकर्ताले ५.४४ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा बढी गुमाउनेमा फस्र्ट माइक्रो फाइनान्सका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ८.५४ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया