काठमाडाैं – सरकारले २०८१—२०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रर्वद्धन दशकको रुपमा अघि बढाउने भएको छ। बिहीवार काठमाडौंमा नबिल दक्ष प्रवासी उद्यमशील कर्जाको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यस्तो बताएका हुन् ।
उनले सरकारले वैदेशिक रोजगारीको विकल्प भनेको आन्तरिक रोजगारी भएकाले सरकारले २०८१ देखि २०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको अभियानको रुपमा अघि बढाउन गृहकार्य गरिरहेको बताए।
मन्त्री भण्डारीले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा गइरहेको भएपनि अर्थतन्त्रको अवस्था सबल नभएकाले बेरोजगारी, गरिबी लगायतका समस्या समाधान गर्न नसकेको जिकिर गरे। उनले दैनिक विदेश पलायन भएका युवाहरुसँगै स्वदेश फर्किरहेका युवाहरुको बारेमा पनि तथ्यांक सार्वजनिक गर्न आवश्यक रहेको औल्याए ।
प्रतिक्रिया