इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीका संस्थापक सेयरधनी अरुण ध्वज अधिकारीले आफ्नो नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरुले मात्रै बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालयमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया