काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंकको पौने २ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। आज माघ ८ गते बैंकको १ लाख ७६ हजार ४० कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।
जसमा संस्थापक शेयरधनी इमानबहादुर गुरुङको नाममा रहेको १ लाख ७१ हजार १० कित्ता र नवराज गुरागाईंको नाममा रहेको ५ हजार ३० कित्ता संस्थापक शेयर रहेको छ। यो शेयरमा संस्थापक शेयरधनीहरुबाहेकका अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले १५ दिनभित्र आफूले लिन चाहेको शेयर संख्या खुलाई खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा दिन सकिनेछ।



About Us
प्रतिक्रिया