६ महिनामा ६८ करोडको सेनिटरी प्याड आयात


काठमाडाैं– भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनामा नेपालमा ६८ करोड रूपैयाँको सेनिटरी प्याड आयात भएको छ। विभागका अनुसार ६ महिनाको अवधिमा ६८ करोड ९ लाख ६२ हजार रुपैयाँको सेनिटरी प्याड आयात भएको हो ।

सो मूल्य बराबरको १० करोड ३६ लाख पिससेनिटरी प्याड आयात भएको छ । यस बापत सरकारले १२ करोड ७८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालले भारत, बंगलादेश, चीन, अष्ट्रेलिया, दक्षिण कोरिया, हङकङ, डेनमार्क, अमेरिका लगायत मुलुकबाट प्याड भित्र्याइएको हो ।