सिमेन्ट र क्लिंकरको निर्यातमा उलेख्य वृद्धि, ६ महिनामा कति निर्यात ?

सिमेन्ट र क्लिंकरको निर्यातमा उलेख्य वृद्धि, ६ महिनामा कति निर्यात ?


चालु आर्थिक वर्ष २०८०\८१ को ६ महिनामा सिमेन्ट र क्लिंकरको निर्यातमा उल्लेख्य वृद्धि आएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार ६ महिनाको अवधिमा पौने २ अर्बको सिमेन्ट तथा क्लिंकरको निर्यात भएको हो ।

विभागले सार्वजनिक गरेको तथ्यांकमा चालु आवको पुषसम्म १ अर्ब ७६ करोड ३३ लाख रुपैयाँको सिमेन्ट र क्लिंकरको निर्यात भएको छ । गत आवमा ७७ करोड ९३ लाखको निर्यात गरिएको थियो ।

यसरी हेर्दा चालु आवको ६ महिनामै गत आवकोभन्दा १२६ प्रतिशतले निर्यात बढेको देखिन्छ ।