नेपाल टेलिकमको अध्यक्षमा सुवेदी नियुक्त

नेपाल टेलिकमको अध्यक्षमा सुवेदी नियुक्त


काठमाडौं- नेपाल टेलिकमको सञ्चालक समितिको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त भएका छन् । पुस २४ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले उनलाई कम्पनीको अध्यक्षमा नियुक्त गरेको हो ।

उनले पुस २६ गते टेलिकमको अध्यक्षको गोपनियता र इमान्दारिताको सपथ लिएका हुन् । यसअघि टेलिकमको पूर्व पदाधिकारी कृष्ण बहादुर राउत थिए ।