स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफा १ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ

स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफा १ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ


काठमाडौं – स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै बैंकको खराब कर्जा (एनपीएल) ०.८८ प्रतिशत बढेर १.६ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ०.७२ प्रतिशत थियो ।

त्यस्तै आर्थिक वर्ष २०७९ र ८० को सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा गरेको थियो। पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ७.५४ प्रतिशत घटेर २ अर्ब ६३ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ८४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

६ महिनाको अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी १५.४० प्रतिशत बढेर ७२ करोड ३४ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २.७७ प्रतिशत घटेर ३ अर्ब ६६ करोड रुपैयाँ, सञ्चालन नाफा १.५ प्रतिशत घटेर २ अर्ब ४७ करोड रुपैयाँ र वितरणयोग्य नाफा १ अर्ब १३ करोड रुपैयाँ रहको छ ।