मञ्जुश्री फाइनान्सको सीईओमा तिमिल्सना

मञ्जुश्री फाइनान्सको सीईओमा तिमिल्सना


काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा तेज राज तिमिल्सनालाई नियुक्ति गरिएको छ । गत माघ १० गते बसेको फाइनान्स सञ्चालक समितिको बैठकले तिमिल्सिनालाई सीईओमा नियुक्ति गर्ने निर्णय गरेको हो । उनी माघ ५ गतेदेखि नै लागू हुने आगामी चार वर्षका लागि सीईओ बनेका हुन् ।

यसअघि कार्यवाहक सीईओ रहेका थिए । पुस १६ गते बसेको बैठकले तिमिल्सिनालाई कार्यवाहक सीईओमा नियुक्त गरेको थियो । यसअघिका सीईओ नारायण सुबेदीले राजीनामा दिएसँगै तिमिल्सिनालाई सीइओमा नियुक्त गरिएको कम्पनीले बताएको छ ।