आइतबार सुनको मूल्य ४ सय रुपैयाँले बढ्याे, कतिमा हुँदैछ कारोबार ?

आइतबार सुनको मूल्य ४ सय रुपैयाँले बढ्याे, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं– साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै शुक्रबार १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज १ लाख १८ हजार रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै तेजाबी सुन १ लाख १७ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ३ सय ९० रूपैयाँमा करोवार भइरहेको छ।