भोलि सिंहदरबारमा चार घण्टा बत्ती जाने


काठमाडौं– सिंहदरबारमा शनिबार चार घण्टा बत्ती जाने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै भोलि सिंहदरबारमा बत्ती जाने बताएको हो ।

निर्माणाधीन संघीय संसद भवनको मुल गेट अगाडि रहेका पोल स्थानान्तरण तथा स्मार्ट मिटर जडान गर्नुपर्ने भएका कारण आपूर्ति बन्द हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख गरेको छ।

प्राधिकरणले जारी गरेको सूचनामा सिंहदरबार परिषर भित्र, जिल्ला समन्वय समिति र महालेखा परीक्षकको कार्यालयमा शनिबार बिहान १० बजेदेखि २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने बताइएको छ ।