काठमाडौंमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दुई शाखा विस्तार

काठमाडौंमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दुई शाखा विस्तार


काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको काठमाडौंमा दुईवटा नयाँ शाखा विस्तार भएको छ । बैंकले बिहीबार काठमाडौंमा दुईवटा नयाँ शाखा विस्तार गरेको हो । यी दुई शाखा गरी बैंकका शाखा संख्या दुई सय ६४ पुगेको छ ।

बैंकले काठमाडौं महानगरपालिका वडा नं ३१ मा शंखमूल शाखा र काठमाडौं महानगरपालिका वडा नं २९ मा अनामनगर शाखा सञ्चालनमा ल्याएकोे हो । नयाँ शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा सुरु भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नयाँ शाखाको उद्घाटन गरेका छन् ।

हाल बैंकले दुई सय ६४ शाखा कार्यालय, ६३ वटा एक्सटेन्सन काउन्टर, एक सय १३ वटा शाखारहित बैंकिङ र दुई सय ५५ वटा एटिएममार्फत सेवा दिँदै आएको छ ।