शुक्रबार डलरको भाउ घट्यो, कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?


काठमाडौं– शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ। बिहीबार डलर एकको खरिददर १३२ रूपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३३ पैसा रहेकोमा आज खरिददर १३२ रूपैयाँ ७० पैसा र बिक्रीदर १३३ रूपैयाँ ३० पैसा कायम गरिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिदमा भने १४४ रूपैयाँ ५२ पैसा र बिक्रीमा १४५ रूपैयाँ १७ पैसा रहेको छ । त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ १८ पैसा र बिक्रीमा ८७ रूपैयाँ ५८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ४१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८६ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रूपैयाँ ४२ पैसा र बिक्रीदर १६९ रूपैयाँ १८ पैसा तोकिएको छ।