काठमाडौं – काठमाडौं महानगरपालिकाले आकाशे पुलमा ब्यानर झुन्डाउने एक कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना लिएको छ । पुलमा ब्यानर राखेर पुरानो हुँदासम्म नहटाएकाे भन्दै विज्ञापन गर्ने कम्पनीलाई महानगरले ५० हजार रुपैयाँ जरिवाना लिएको हो ।
महानगरले ब्यानर राख्ने इनोभेटिव कन्सेप्ट प्रालिसँग जरिवाना लिएकाे हाे । महानगरले विज्ञापनका लागि लगाएको ब्यानर निश्चित समयपछि हटाउने, ब्यानर र पोस्टरकै कारण फोहोर नदेखिने जिम्मा लिएपनि, कम्पनीले लामाे समय सम्म ब्यानगर नहटाएकाले जरिवाना तिराएकाे बताएकाे छ ।



About Us
प्रतिक्रिया