प्रभु मनी ट्रान्सफरको व्यापारमा निरन्तर गिरावट


काठमाडौं– प्रभु मनी ट्रान्सफरको व्यापारमा गिरावट आएको छ । बजारमा नयाँ–नयाँ प्रतिस्पर्धीहरु भित्रिरहँदा प्रभु मनीको व्यापारमा गिरावट आएको हो । प्रभु मनी ट्रान्सफरले सन् २०२३ मा ३० करोड ९० लाख रुपियाँको व्यापार गरेको छ । त्यस्तै, सन् २०२२ मा ४४ करोड १० लाखको व्यापार गरेको यस कम्पनीले सन् २०२१ मा ५४ करोड ८० लाखको व्यापार गरेको थियो । सन् २०२० मा ७० करोडको व्यापार गरेको थियो ।

कम्पनीको ऋण भने एक अर्ब ५९ करोड ७० लाख रहेको छ । विगत चार आर्थिक वर्षदेखि कम्पनीको कारोबारमा लगातार गिरावट आएको हो । प्रभु मनी ट्रान्सफरसहित अन्य रेमिट्यान्स कम्पनीले गर्दै आएको आन्तरिक रकम ट्रान्सफरको काममा नेपाल राष्ट्र बैंकले कडाई गरेको छ ।