कोशी – कोशी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण बुधवार सार्वजनिक भएको छ । विवरण अनुसार प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग १५ तोला सुन र ८० तोला चाँदी रहेको देखिएको छ ।
मोरङको बुढीगंगा गाउँपालिका–२ स्थायी ठेगाना भएका मुख्यमन्त्री कार्कीकी श्रीमती शान्तादेवी बस्नेतको नाममा बुढीगंगामा १ कठ्ठा १२ धुर जग्गा छ । सो जग्गाको मूल्य १ करोड ५६ लाख ९९ हजार रहेको विवरणमा उल्लेख छ । विवरण अनुसार उनको बुढीगंगा र विराटनगरमा गरी ७ वटा घडेरी छन् । यस्तै, बस्नेतकै नाममा विभिन्न बैंकमा ७ लाख ९४ हजार रुपैयाँ नगद छ । सो रकम तलब भत्ता, बचत र व्याजबाट आम्दानी गरिएको विवरणमा उल्लेख छ।
कार्कीकी श्रीमती र परिवारका अन्य सदस्यको नाममा ५२ वटा बैंक तथा वित्तीय संस्था र कम्पनीको सेयरबापतको रकम १ लाख ८७ हजारको रहेको छ। उनको कृषि विकास बैंकमा ५ लाख ६३ हजार ४५६ मूल्य बराबरको २ हजार २७२ कित्ता रहेको विवरणमा उल्लेख छ। यस्तै, कार्कीको नाममा १ करोड ८ लाख २ हजार ऋण रहेको खुल्न आएको छ । जसमध्ये कार्कीले ८ लाख ७० हजार मात्रै तिरेका छन् ।



About Us
प्रतिक्रिया