पुराना ५ वटा गाडी लिलामी प्रक्रियाबाट बेच्दै राष्ट्र बैंक

पुराना ५ वटा गाडी लिलामी प्रक्रियाबाट बेच्दै राष्ट्र बैंक


काठमाडाैं – नेपाल राष्ट्र बैंकले लिलामी प्रक्रियामार्फत ५ वटा गाडी बिक्रीमा राखेको छ । राष्ट्र बैंकले पुराना गाडी लिलामी प्रक्रियाबाट बेच्न लागेको हो। राष्ट्र बैंकले साढे ६ लाख रुपैयाँदेखि साढे २५ लाख रुपैयाँसम्मको मूल्यमा ती गाडीहरु बिक्रीमा राखेको छ।

राष्ट्र बैंकले कुल ६३ लाख २९ हजार रुपैयाँ (मू.अ.करसहित) ती गाडी बेच्नेछ। गाडी खरिद गर्न इच्छुकले माघ २२ गते दिउँसो १ बजेसम्म बोलपत्र पेस गर्नुपर्नेछ।

बोलपत्र बालुवाटारस्थित राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा पेस गर्नुपर्नेछ। बोलपत्र अगामी २२ गते दिन दिउँसो २ः३० बजे खोलिने राष्ट्र बैंकले जनाएको छ।