काठमाडाैं– आज नेपाली बजारमा सुनको मूल्य ७ सय रुपैँयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज प्रतितोला १ लाख १७ हजार ५ सय रूपैयाँमा कारोवार भइरहेको छ। त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । बुधवार प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १० रूपैयाँले घटेर १ हजार ३ सय ९० रूपैयाँमा कारोवार भइरहेको छ ।





About Us
प्रतिक्रिया