कुमारी बैंकको साधारण सभा माघ २८ मा,के छन् ? एजेण्डा

कुमारी बैंकको साधारण सभा माघ २८ मा,के छन् ? एजेण्डा


काठमाडाैं – कुमारी बैंक लिमिटेडको २३ औं साधारण सभा माघ २८ गते हुने भएको छ । बैंक सञ्चालक समितिको पुस २४ गते बसेको बैंठकले माघ २८ गते सभा गर्ने निर्णय गरेको हो।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका विषयमा छलफल हुनेछ । विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको बैंकले यस भने लाभांश वितरण नगर्ने भएको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले माघ ९ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा माघ ८ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन योग्य हुनेछन् ।