काठमाडौं- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले कोषको कार्यकारी निर्देशकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
कार्कीले नेपाल राष्ट्र बैंकमा ३० वर्ष कार्य गरी कार्यकारी निर्देशकको रुपमा सेवा निवृत्त भएका थिए । कार्कीले ग्रामिण विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ४ वर्ष कार्य गरेका थिए । कार्कीले त्रिभुवन विश्वविद्यालय नेपाल र अष्ट्रलियाको ग्रिफिट युनिभर्सिटिबाट स्नातकोत्तर गरेका छन् ।
केन्द्रीय बैंकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषण लगायतका विषयहरुमा अन्तराष्ट्रिय तालिमहरु हाँसिल गरेका छन् ।
नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि पाँच जनाको नाम सर्ट लिस्टमा परेको थियो । कार्कीलाई गत साताको मन्त्रीपरिषदको बैठकले नै नियुक्त गर्ने तयारी गरेको थियो ।
यो पनि
प्रतिक्रिया