आरबिबि मर्चेन्ट बैंकिङ्गले कमर्चारी माग्यो

आरबिबि मर्चेन्ट बैंकिङ्गले कमर्चारी माग्यो


काठमाडौं – आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले विज्ञापनमार्फत दुईजना कर्मचारीको माग गरेको छ । कम्पनीले म्यानेजर र जुनियर अफिसर पदमा १ – १ जना कर्मचारी माग गरेको हो ।

बैंकले म्यानेजरमा आवेदन दिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट सीए, एसीसीए, सीएफए गरेको हुनुपर्ने जनाएको छ। सम्बन्धित क्षेत्रमा कम्तिमा एक वर्षको कार्यानुभव भएको र १८ वर्ष पुरा भई ५० वर्ष ननाघेको हुनुपर्ने समेत जनाइएको छ । त्यस्तै, जुनियर अफिसर पदका लागि अर्थशास्त्र वा म्यानेजमेन्ट विषयमा ब्याचलर डिग्री गरेको हुनुपर्नेछ ।

जसका लागि ईच्छुक तथा योग्यता पुगेको व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र आवेदन दिनुपर्नेछ । साथै सम्बन्धित क्षेत्रमा कम्तिमा १ वर्षको कार्यानुभव भएको र १८ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ ।