आयल निगमको कार्यकारी निर्देशक बन्न १४ जनाले दिए निवेदन


काठमाडौं- नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि १४ जनाले निवेदन दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत पुस ७ गते सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो । आइतबारसम्मको म्यादमा विभिन्न क्षेत्रमा काम गरेका १४ जनाले निवेदन दिएको मन्त्रालयले जनाएको हो ।

निवेदन दिनेमा पंकजकुमार दास, माधव रेग्मी, आमोदप्रसाद चौधरी दिलीपशेखर श्रेष्ठ, चण्डिकाप्रसाद भट्ट, वसन्तकुमार पाण्डे, डोलिन्द्रप्रसाद शर्मा, शत्रुघ्नप्रसाद पुडासैनी रहेका छन् । यस्तै, कमलेन्द्रलाल कर्ण, उत्तरकुमार रेग्मी, डा। डोलप्रसाद चापागार्ईं, सहदेव चन्द, रामदेव यादव र सञ्जीवकुमार श्रेष्ठले पनि निवेदन दिएका छन् ।

निगममा २०७५ देखि खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनोट थालिएको थियो । निगम नेपालको धेरै कारोबार गर्ने कम्पनी हो । निगमले वार्षिक ३ खर्ब सम्मको कारोबार गर्दै आएको छ।