काठमाडौं- राष्ट्रिय सभा सदस्यको उम्मेदवारले ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आइतबार एक सूचना जारी गर्दै राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको खर्च सिमा तोकेको हो ।
आयोगका अनुसार मतदान नामावली खरिद, सवारी साधान र इन्धन, प्रचार सामाग्री, गोष्ठी अन्तरक्रिया, प्रचार प्रसार कार्यालय सञ्चालनमा खर्च गर्न सकिने आयोगले जनाएको छ ।
उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा छुट्टै खाता खोलेर त्यसबाट खर्च गर्नुपर्नेछ । निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने आयोगको भनाई छ ।



About Us
प्रतिक्रिया