खाद्य व्यवसाय तथा व्यापार कम्पनीमा जागिरको अवसर



काठमाडौं,
खाद्य व्यवसाय तथा व्यापार कम्पनीमा चौथो तहदेखि नवौँ तहसम्मका विभिन्न पदमा ६० जनाका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्नेछ।

कम्पनीले सहायकमा २२ जना, वरिष्ठ सहायक सबइन्जिनियरमा २ जना, वरिष्ठ सहायक गुण नियन्त्रणमा २ जना र वरिष्ठ सहायक प्रशासन०मा ९ जनाका लागि दरखास्त खुला गरेको छ।

यसैगरी अधिकृत गुण नियन्त्रणमा २ जना र अधिकृत प्रशासनमा १२ जना, वरिष्ठ अधिकृत कानुन १ जना र वरिष्ठ अधिकृत प्रशासन १ जनामा कम्पनीले कर्मचारी भर्ना गर्न लागेको छ।

कम्पनीले सहायक विभागीय प्रबन्धक प्रशासनमा ३ जना र सहविभागीय प्रबन्धक प्रशासनमा ६ जनाका दारखास्त आह्वान गरेको छ।

इच्छुक उम्मेदवारले माघ १८ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन्।