एनएमबि बैंकको २८ औं बार्षिक साधारण सभा सम्पन्न


एनएमबि बैंकले २८ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा पुस २६ गते राष्ट्रिय सभागृहमा सभा सम्पन्न गरेको हो ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्यान को सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको थियो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए ।

उक्त साधारण सभामा पूर्व घोषित कार्यक्रम बमोजिम संस्थापक शेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरेको कम्पनीले जनाएको छ ।

बैंकको २०८० असार सम्ममा खुद नाफा ३ अर्ब २२ करोड, निक्षेप २ खर्ब १३ अर्ब र कर्जा १ खर्ब ९७ अर्ब रहेको छ । बैंकले हाल देशभरी २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।