सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारीमा सरकार


काठमाडौं-नेपाल सरकारले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ‘संघ, प्रदेश र स्थानीय तह (समन्वयन तथा अन्तरसम्बन्ध) ऐन २०७७’ को व्यवस्था अनुसारको विषयगत समितिको बैठकमा सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने छलफल भएको थियो।

बैठकमा कृषि क्षेत्रमा लगानी दशक घोषाण गर्ने सम्बन्धमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रमा लगानी दशकको घोषणा र सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारीबारे प्रदेश सरकारका कृषि मन्त्री र सचिवहरुसँग छलफल गरेको हो ।

उक्त बैठकको कृषि मन्त्री डा. बेदुराम भुसाल, गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका कृषि मन्त्रीहरु, मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्मा, डा. रेवती रमण पौडेल, सातै प्रदेशका कृषि सचिवहरू, नेपाल कृषि अनुसन्धान परिषद्का प्रतिनिधि लगायत मन्त्रालय र मातहतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।