फोनपेका सबै सेवा अवरुद्ध


काठमाडौं- पुष २५ गते बिहानदेखि फोनपेका सबै सेवा अवरुद्ध भएका छन् । कम्पनीले एक सूचना जारी गर्दै आज बिहान ५ः०६ बजेदेखि प्राविधिक कारणले सबै सेवाहरु अवरुद्ध भएको जानकारी दिएको छ ।

कम्पनीले तत्काल समस्या समाधान गर्ने जनाएको छ । प्राविधिक टोली समस्या समाधानको काम गरिरहेको भन्दै फोनपेले ग्राहक तथा व्यवसायीहरुसँग क्षमा मागेको छ।