एफआरएस – १७ लागू गर्न नियामक निकायहरू आ–आफ्नो जिम्मेवारी यकिन गरी अगाडि बढ्नुपर्छ: अध्यक्ष सिलवाल



काठमाडौं,
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रमा एनएफआरएस – १७ लागू गर्नका लागि वातावरण बनाउन र क्षमता अभिवृद्धि गर्नका लागि प्राधिकरण, लेखामान बोर्ड, नेपाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आ–आफ्नो जिम्मेवारी वर्गीकरण गरी कार्य गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

नेपाल वित्तीय प्रतिवेदन मान – १७ इन्स्योरेन्स कन्ट्रयाक्ट्स सम्बन्धी अन्तरक्रियामा अध्यक्ष सिलवालले भने, “सम्बद्ध नियामक निकायहरू आ–आफ्नो जिम्मेवारी यकिन गरी अगाडि बढेमा यस वर्ष नसकिए पनि अर्को वर्ष पूर्णरूपमा एनएफआरएस – १७ लागू गर्न सकिन्छ, त्यसका लागि वातावरण बनाउनुपर्छ, प्राधिकरण र बीमा कम्पनीहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ ।”