काठमाडौं- प्रतिनिधिसभा अन्तर्गत रहेको कानुन, न्याय तथा मानवअधिकार समितिले भारतसँग भएको सम्झौताको सम्पूर्ण विवरण सरकारसँग माग गरेको छ । बुधवार बसेको समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मार्फत सम्झौताबारे सम्पूर्ण विवरण माग गरेको हो । ।
बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकरले यही पुस १९ गते गरेको नेपाल भ्रमणको बेला दुई देशबीच भएका सम्झौताबारे प्रधानमन्त्री प्रचण्डले जानकारी गराएका थिए । सोहि क्रममा भएको सम्झौताको सम्पूर्ण विवरण ७ दिनभित्र समितिमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो ।






About Us
प्रतिक्रिया