काठमाडौं – दोस्रो बजारमा सोमबारदेखि अर्को नयाँ ब्रोकर कम्पनीको रूपमा बेनी सेक्युरिटिज प्रालिको प्रवेश भएको छ ।
बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ९३) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट आधिकारिक रूपमा गत कात्तिक २९ गते सदस्यता प्रदान गरेसँगै कम्पनी सञ्चालनमा आएको हो ।
बानेश्वरको रुद्रमति मार्गमा रहेको कम्पनीले औपचारिक रूपमा सोमबारदेखि कारोबार सुरु गरेको हो । कम्पनीको हाल चुक्तापुँजी २० करोड रहेको छ ।



About Us
प्रतिक्रिया