काठमाडौं ।
वैदेशिक रोजगारीका लागि विदेश पठाउँने भन्दै युवाहरुबाट १० करोडभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर कोन्जोसोम गाउँपालिका वडा नम्बर १ बस्ने लालबहादुर लामा रहेका छन् ।
लामाले श्री स्टार ट्रेनिङ सेन्टरमार्फत धेरै युवाहरुलाई ठगेको उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनले वैदेशिक रोजगारीको लागि लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकहरुमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी प्रतिब्यक्ति ५ लाखदेखि १५ लाखसम्म लिने गरेका थिए ।
प्रहरीका अनुसार उनलाई शंखमुलबाट नियन्त्रण लिइएको हो । प्रारम्भिक अनुसन्धान मै १० करोडभन्दा बढी रकम उठाएको पाइएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया