नागरिक लगानी कोषकाे कार्यकारी निर्देशकका लागि पाँच जनाकाे नाम छनाेट


बैंकिङ्ग समाचार, काठमाडौं- नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि पाँच जनाकाे नाम अन्तर्वार्ताका लागि छनाेट गरिएकाे छ ।

रमण नेपाल अनिवार्य अवकाशमा गएपछि गत मंसिर पहिलाे साता काेषले आवेदन आह्वान गरेको थियो । आवेदन दिएकामध्येबाट पर्वतकुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा शिवहरी श्रेष्ठकाे नाम अन्तर्वार्ताका लागि छनाेट भएकाे हाे । उनीहरूलाई पुस १७ गते अन्तर्वार्ताका लागि बोलाइएको छ ।

अन्तर्वार्ताका लागि छनाेट भएका कार्की बैंकका क्याडर र पण्डित पुर्वनिर्देशक हुन् ।

पङ्गेनी र श्रेष्ठ सरकारी कर्मचारी र वित्तीय क्षेत्रका अनुभवी अधिकारी युवा स्वराेजगार काेषका कार्यकारी निर्देशक हुन् ।