नेपाल पुनर्बीमा कम्पनीमा रहेको २० लाख कित्ता शेयर बिक्री गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स

नेपाल पुनर्बीमा कम्पनीमा रहेको २० लाख कित्ता शेयर बिक्री गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता शेयर आज मंसिर २६ गतेबाट बिक्रीमा राखिएको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्सको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।

इच्छुक संस्थापकले शेयरधनीले न्यूनतम १ लाख कित्तादेखि अधिकतममा २० लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएकोले लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले ३५ दिनभित्र कम्पनीको थापागाउँस्थित कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ। यो शेयरमा हाललाई विद्यमान संस्थापक शेयरहरुले खरिद आवेदन दिन पाउनेछन्।