३ अर्बको ऋणपत्र बिक्री गर्न नबिल बैंकलाई बोर्डले दियो अनुमति

३ अर्बको ऋणपत्र बिक्री गर्न नबिल बैंकलाई बोर्डले दियो अनुमति



बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल धितोपत्र बोर्ड सेबोन ले नबिल बैंकलाई ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति दिएको छ ।

सात वर्षे अवधिको ९ प्रतिशत ब्याजदर रहेको कुल ऋणपत्रमध्ये बैंकले १ अर्ब ८० करोड रूपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने १ अर्ब २० करोड रूपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणमा जारी गर्नेछ ।

यो ऋणपत्र बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । बैंकले यो ऋणपत्र निष्कासनका लागि गत असार १७ गते बोर्डमा निवेदन दिएको थियो ।