कुमारी बैंकको १ हजार २०७ कित्ता संस्थापक शेयर विक्रीमा

कुमारी बैंकको १ हजार २०७ कित्ता संस्थापक शेयर विक्रीमा



बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी अम्बर बहादुर तारमी मगरको नाममा रहेको १ हजार २०७ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं र शेयर रजिष्ट्रारको कार्यालय नक्साल, काठमाडौंमा आवेदन दिनुपर्नेछ । शेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

बैंकले तोकिएको उक्त समयभित्र बैंकको कुनै पनि संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ति वा संघ संस्थाका लागि शेयर विक्री गर्ने जनाउको छ ।