बैंकिङ्ग विशेष

किन बढिरहेको छ बैंकिङ्ग क्षेत्रमा राजीनामा दिनेको लर्को ?

किन बढिरहेको छ बैंकिङ्ग क्षेत्रमा राजीनामा दिनेको लर्को ?

पछिल्लो एक महिनामा झण्डै आधा दर्जन संस्थाका प्रमुखद्धारा राजीनामा


वित्तीय क्षेत्रमा पछिल्लो समय राजीनामा दिने व्यक्तिहरुको लर्को लागेको छ । अर्थतन्त्रमा देखिएको आर्थिक संकुचनसंगै समग्र बैंकिङ्ग क्षेत्रको निक्षेप तथा कर्जा प्रवाह दुबै प्रभावित भएको छ । नियमितरुपमा कर्जाको सावाँ व्याज वापतको किस्ता उठ्न नसक्दा बैंकिङ क्षेत्रमा औषत खराब कर्जाको मात्रा बढेर तीन दशमलव शुन्य दुई प्रतिशत पुगेको छ ।


गत आवको सोही अवधि अर्थात असोज मसान्तमा यस्तो कर्जा एक दशमलव ३१ प्रतिशतको हाराहारीमा रहेको थियो । खराब कर्जा किन बढिरहेको छ ? खराब कर्जा बढ्नुको कारण के हो ? यसलाई अर्कोबाट पाटोबाट अध्ययन अनुसन्धान गर्नु जरुरी छ । तर यो अवस्थामा बैंक तथा वित्तीय संंस्थाका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालकहरुले राजीनामा दिनुलाई भने अर्थपुर्णरुपमा हेर्नुपर्ने भएको छ ।



आशा लघुवित्त वित्तीय संस्थाले यही कात्र्तिक ३० गते देखि लागु हुने गरी प्रमुख कार्यकारी अधिकृत जया लोहनीको राजीनामा स्वीकृत गर्यो । संस्थाले उनको ठाउँमा बद्रि प्रसाद दुलाललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको छ । तत्कालीन प्रमुख कार्यकारी लोहनीले व्यक्तिगत स्वास्थको कारण देखाउँदै राजीनामा दिएको भनिएपनि उनको राजनीमाको भित्री कारण आशा लघुवित्त र आरम्भ चौंतारी लघुवित्त वित्तीय संस्थाले मर्जर मार्फत एकीकृत कारोबार गरेपश्चात कर्मचारी व्यवस्थापनको देखिएको समस्या प्रमुख कारण रहेको बुझिएको छ ।

गुह्ेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनीका सञ्चालक सुजन प्रदानले पनि यही कात्र्तिकको तेस्रो साता देखि नैं कार्यान्वनमा आउने गरी पदबाट राजीनामा दिए । उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको भनिएपनि उनको राजीनामा कारण अर्के हुन सक्छ, त्यो खोजीको बिषय रहेको छ ।

पछिल्लो एक महिनामा झण्डै आधा दर्जन संस्थाका प्रमुखद्धारा राजीनामा

यसैगरी ज्योति बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले पनि व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका छन् । बैंकले उनको राजीनामालाई स्वीकृत गर्दै बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको पदमा यही मंसिर चार गते देखि नैं कार्यान्वयनमा आउने गरी बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई जिम्वेवारी सुम्पिएको छ ।
निकै लामो समय कुमारी बैंकमा प्रमुख कार्यकारी अधिकृतकोरुपमा रहेका रमेशराज अर्यालले पनि पदबाट राजीनामा दिएका छन् ।



बैंक सञ्चालक समितीको यही मंसिर एक गते बसेको बैठकले अर्यालको राजीनामा स्वीकृती गदै उनको ठाउँमा रामचन्द्र खनाललाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिसकेको छ । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुले कार्यकाल बाँकी रहेका अवस्थामा व्यक्तिगत कारण देखाउँदै राजीनामा दिनुलाई निकैं अर्थपुर्णरुपमा हेरिएको छ । किन प्रमुख कार्यकारीहरुले धमाधम राजीनामा दिएकाछन् । यसको कारण खोज्ने प्रयास जारी छ ।



क्र.स संस्थाको नाम राजीनामा दिने व्यक्ति पद
१ आशा लघुवित्त वित्तीय संस्था जया लोहनी प्रमुख कार्यकारी अधिकृत
२ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स सुजन प्रधान सञ्चालक
३ ज्योति बिकास बैंक श्रीचन्द्र भट्ट प्रमुख कार्यकारी अधिकृत
४ कुमारी बैंक रमेशराज अर्याल प्रमुख कार्यकारी अधिकृत

(श्रोतः सम्वन्धीत संस्थाले सार्वजनिक गरेको सुचना)