बजारबाट १० अर्बको तरलता खिच्दै राष्ट्र बैंक

बजारबाट १० अर्बको तरलता खिच्दै राष्ट्र बैंक



बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बजारबाट १० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ । बजारमा अधिक तरलता भइरहेको बेला नेपाल राष्ट्र बैंकले रिर्भस रिपो मार्फत सो बराबरको तरलता उठाउन लागेको हो ।

यो निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ। यसका लागि राष्ट्र बैंकले आज दिउँसो २ बजे बोलकबोल गर्दैछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बालकबोल गर्न सक्नेछन्।

बजारमा करिब ३ खर्ब रुपैयाँअधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । अहिले बजारमा भारित औसत अन्तर बैंक दर ४।१ प्रतिशत रहेको । राष्ट्र बैंकले बजारमा लगानीयोग्य रकम ९तरलता० अभाव हुँदा रिपो मार्फत बजारमा रकम पठाउने गर्छ भने बैैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिउपछि रिर्भस रिपो मार्फत प्रशोचन गर्ने गर्छ ।