९ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनले कति दिँदैछन् बोनश ?

९ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनले कति दिँदैछन् बोनश ?


आर्थिक वर्ष २०७९/८० को लागि हालसम्म ९ वटा वाणिज्य बैंकले मात्रै लाभांश घोषणा गरेका छन् । अब ११ वाणिज्य बैंकले लाभांश घोषणा गर्न बाँकी छ । बाँकी बैंकहरु पनि लाभांश घोषणाको तयारीमा जुटेका छन् ।
लाभांश घोषणा गर्ने ९ वाणिज्य बैंकहरु

एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले चुक्ता पूँजीको कूल ३० दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये २९ प्रतिशत बोनश शेयर र १ दशमलव ५ प्रतिशत नगद लाभांश हो ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकले चुक्ता पूँजीको कूल २० दशलमव ५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये १० प्रतिशत बोनश शेयर र १० दशमलव ५३ प्रतिशत नगद लाभांश रहेको छ ।

सानिमा बैंक
सानिमा बैंकले चुक्ता पूँजीको कूल १४ दशलमव ७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये ९ प्रतिशत बोनश शेयर र ५ दशमलव ७ प्रतिशत नगद रहेको छ ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले हाल कायम चुक्ता पूँजीको कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये १३ दशमलव ३० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशलमव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकले चुक्ता पूँजीको ५ दशलमव ७९ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई नगद लाभांश मात्रै वितरण गर्ने भएको छ । बैंकले कुल ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । बैंकले बुक क्लोज मिति तय गरेको छैन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक
स्ट्याण्डर्ड चार्टर्ड बैंकले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश ९कर सहित० वितरण गर्ने विशेष प्रस्ताव गरेको छ । बैंकले सो प्रस्ताव पारित गर्नका लागि मंसिर २४ गते सभा आब्हान गरेको छ । बैंकले मंसिर ७ गते बुकक्लोज गर्ने भएको छ।

ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले सो प्रस्ताव पारित गर्नका लागि मंसिर २८ गते सभा बोलाएको छ । बैंकले साधारण सभा प्रयोजनको लागि मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ ।

नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकले हाल कायम चुक्ता पूँजीको कुल १०।५५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। कुलमध्ये ३।७५ प्रतिशत बोनश शेयर दिने भएको छ भने ६.८० प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ सहित दिने भएको छ ।

बैंकहरुले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएसँगै कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । चालु आर्थिक वर्ष सुरु भएसँगै सूचिकृत कम्पनीहरुले लाभांश घोषणा गरिरहेका छन् ।