नेपाल एसबीआई बैंकले १०.५५ प्रतिशत लाभांश वितरण गर्दै

नेपाल एसबीआई बैंकले १०.५५ प्रतिशत लाभांश वितरण गर्दै


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल एसबिआई बैंक लिमिटेडले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद गरी कर सहित कुल १०.५५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

मङ्सिर १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले १०.५५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ।

बैंकले अघिल्लो वर्ष ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।