२३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आजै

२३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आजै



बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले २३ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । जसमध्ये २० अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने ३ अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो । राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिनको लागि ८ अर्बको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी पुस ३ गते परिपक्व हुनेछ । ९१ दिनको लागि ४ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो भने ३ अर्बको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी फागुन ८ गते परिपक्व हुनेछ ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।