एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाईका लागि आजदेखि आवेदन दिन सकिने

एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाईका लागि आजदेखि आवेदन दिन सकिने



बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया क्यापिटल लिमिटेडले आज अर्थात मंसिर ४ गतेदेखि नयाँ म्युचुअल फण्ड निष्काशन गदैंछ। क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड २ निष्काशनमा ल्याउन लागेको हो।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । क्यापिटलको ग्रोथ फण्डमा मंसिर ४ गते आजदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरले आवेदन दिन सकिनेछ ।

निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत अथवा १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआइसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको बताइएको छ ।

यो फण्डको इकाईमा मंसिर ७ गतेसम्म आवेदन दिने समय तोकिएको छ । यस अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा मंसिर १८ गतेसम्म आवेदन म्याद थप गर्ने तयारी क्यापिटलले गरेको छ ।