राष्ट्र बैंकले पेन्सन कोषको ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

राष्ट्र बैंकले पेन्सन कोषको ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४० करोड रुपैयाँ मुद्दती खातामा लगानी गर्ने भएको छ । बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। बैंकले वाणिज्य बैंकहरुमा ३२ करोड, विकास बैंकहरुमा ६ करोड र फाइनान्स कम्पनीहरुमा २ करोड गरी कुल ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको एक सूचना जारी गर्दै जनाएको छ ।

राष्ट्र बैंकले २०८० मङ्सिर १० गतेदेखि २०८१ मङ्सिर १० गतेसम्म ३६६ दिनका लागि मुद्दतिमा उक्त रकम राख्नेछ । निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको, कर्जा निक्षेप अनुपात निर्धारित सीमा भित्र रहेको, न्यूनतम पूँजीकोष अनुपात कायम रहेको लगायतका सर्त पुगेका बैंक तथा वित्तीय संस्थाले प्रस्तावित ब्याजदर र मुद्दतिमा लिन चाहेको रकम उल्लेख गरी आवेदन दिन सक्नेछन् ।