नेप्सेमा लक्ष्मी सनराइज बैंकको शेयर मूल्य समायोजन


काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ। शेयर वितरणका लागि बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो।

कम्पनीको शुक्रबार अन्तिम कारोबार मूल्य २८७ अनुसार मूल्य समायोजन गरिएको हो। उक्त समायोजन पछि बैंकको शेयर मूल्य २७३ रुपैयाँ ३३ पैसा कायम भएको छ।

यही समायोजित मूल्यलाई आधार मानेर सोमबार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।