उपकार लघुवित्तको सीईओमा विमल खनाल नियुक्त


काठमाडौं – उपकार लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा विमल खनाल नियुक्त भएका छन्। कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सीईओमा खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो।

संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत खनाललाई सीईओमा मंसिर १४ गतेदेखि लागू हुने गरी नियुक्त गरेको हो।