काठमाडौं – जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्यबहादुर बोगटीलाई कार्तिक महिनाको उत्कृष्ट प्रहरी (बेस्ट पुलिस अफ द मन्थ) घोषणा गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयहरूमा कार्यरत प्रहरी कर्मचारीहरूले सम्पादन गरेका कार्यहरूको मूल्याङ्कन गर्ने क्रममा वडा प्रहरी कार्यालय बैदाम, कास्कीमा डीएसपी बोगटीलाई बेस्ट पुलिस अफ द मन्थ घोषणा गरिएको हो।
फरार कैदी तथा बालसुधार गृहबाट फरार व्यक्तिहरू पक्राउ, नवजात शिशु मृत्यु प्रकरणमा संलग्न आमाको पक्राउ, लेकसाइडमा ‘अपरेशन सभ्यता’ सञ्चालन गरी १९३ जना व्यक्ति र ४९७ वटा सवारीसाधन नियन्त्रणमा लिनुका साथै ग्याङ फाइट तथा लुटपाटमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएको भन्दै उनलाई उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।




About Us
प्रतिक्रिया