काठमाडौं – काठमाडौंको टोखा नगरपालिका–६, लाखे डाँडास्थित एक घरबाट करिब १० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। स्थानीय ५६ वर्षीय भक्तबहादुर तामाङको घरबाट सुनका विभिन्न गरगहना तथा नगद रकम चोरी भएको प्रहरीले जनाएको छ।
चोरीमा संलग्न व्यक्ति हाल फरार रहेका छन्। फरार व्यक्तिको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




About Us
प्रतिक्रिया