वैदेशिक रोजगारीको लागि विभिन्न देशहरु पठाइदिन्छु भन्दै २४ लाख ठग्ने चार जना पक्राउ 


काठमाडौं – बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै २४ लाख २५ हजार  ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको सिद्धलेकका विज्ञान इटनी, दैलेखका पुष्पराज सोनी, काठमाडौंका रोशन गोले र सिन्धुलीका लिला बहादुर गरंजा रहेका छन्। 

प्रहरीका अनुसार, इटनीले जर्मनी पठाइदिन्छु भन्दै १० लाख ९० हजार,  सोनीले कुवेत पठाइदिन्छु भन्दै ५ लाख ३० हजार, गोलेले जापान पठाइदिन्छु भन्दै  २ लाख ५० हजार र  गरंजाले पठाइदिन्छु भन्दै  ५ लाख ५० हजार ठगी गरेका थिए। 

उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।