काठमाडौं – लागूऔषध (खैरो हेरोइन) मुद्दामा १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको साविक वीरगञ्ज उपमहानगरपालिका–१८ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१५ बस्दै आएका असाव मियाँ रहेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विशेष सूचनाका आधारमा मियाँलाई मङ्गलवार काठमाडौं महानगरपालिका–१५, डल्लुबाट पक्राउ गरेको हो। लागूऔषध मुद्दामा सर्वोच्च अदालतले २०८० फागुन २२ गते फैसला गर्दै उनलाई १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो। तर, सजाय भुक्तान नगरी उनी फरार रहेका थिए।
घटना भएको करिब १५ वर्षपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। मियाँलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीले जनाएको छ।




About Us
प्रतिक्रिया