यी हुन प्रधानमन्त्री बालेनको भारत भ्रमणमा सहभागी हुने ५२ व्यवसायी


काठमाडौं – आइतबारदेखि हुने प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणमा निजी क्षेत्रबाट ५२ जना उद्योगी व्यवसायीको डेलिगेसन सहभागी हुने भएका छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा ५२ जना उद्योगी व्यवसायीको बिजनेस डेलिगेसन नयाँ दिल्ली जाने जानकारी दिएका हुन्।

भारत भ्रमणमा जान लागेका उद्योगी तथा व्यवसायीहरूको सूचीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणा, उपाध्यक्ष कृष्णप्रसाद शर्मा, महानिर्देशक गोपालप्रसाद तिवारी, कार्यसमिति सदस्यहरू सुनीता नेह्माफुकी, बटु लामिछाने, उज्ज्वल श्रेष्ठ र सागर ढकाल तथा व्यापार समिति सदस्य निरज काफ्ले रहेका छन्।

त्यसैगरी, नेपाल वैदेशिक व्यापार संघका अध्यक्ष शिवकुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, पूर्वअध्यक्ष राजेशकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, उद्योगी/व्यवसायी राजबहादुर शाह, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष दीपककुमार माल्होत्रा, नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमनारायण पराजुली, उद्योगी/व्यवसायी कुनाल कयाल र सुनील केसी पनि भ्रमण टोलीमा सहभागी हुनेछन्।

त्यस्तै, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष करण चौधरी, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगी र पूर्वअध्यक्ष गणेश कार्की, उद्योगी/व्यवसायी पुष्कर पौडेल, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष भरतजंग पाण्डे, पशुपति देव पाण्डे, अर्जुनकुमार श्रेष्ठ, शोभा गुरुङ, गोविन्दप्रसाद घिमिरे, सरोज श्रेष्ठ, रवीन्द्र शाक्य, नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाह, सागर पाण्डे, विभूषण बिष्ट, दर्शना श्रेष्ठ, दिकिला शेर्पा लामा र बलराम गुरुङ पनि भारत भ्रमणमा जाने सूचीमा छन्।

यसैगरी, उद्यमी तथा व्यवसायीहरू सचिन ढकाल, नितेश मालपानी, कल्याण गुरुङ, तुकप्रसाद पौडेल, जीवा लामिछाने, दिरेकलाल श्रेष्ठ, अनुप आचार्य, नरेश दास, यमुना श्रेष्ठ, विष्णुकुमार अग्रवाल, दिलीप अग्रवाल, सञ्जय काफ्ले, दीपक थापा, निकोलस पाण्डे र राजनकुमार वन पनि भ्रमण टोलीमा रहेका छन्।